एनएमबि बैंकको नाफा २ अर्ब २४ करोड, कस्ता छन् अन्य सूचक ?

७ बैशाख २०८१, शुक्रबार ०८:५६

काठमाडौँ । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा सामान्य घटेपनि अधिकांश सूचकमा प्रगति देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बैंकले २ अर्ब २४ करोड १५ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको भन्दा १६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २ अर्ब ६८ करोड २५ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यता, बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ५२ करोड ९९ लाख १९ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको तुलनामा १४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ६ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ८३ करोड ५ लाख ५३ हजार रुपैयाँ संचालन नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ३ अर्ब ३० करोड २४ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १८ अर्ब ३६ करोड, जगेडा कोष १० अर्ब ९२ करोड रुपैयाँ, वितरणयोग्य नाफा २७ करोड ३३ लाख रुपैयाँ र खराब कर्जा २.९६ प्रतिशतबाट घटेर २.८६ प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*