९ महिनामा ग्लोबल आइएमई बैंकको नाफा झण्डै साढे तीन अर्ब, कस्तो छ अन्य वित्तीय अवस्था?

७ बैशाख २०८१, शुक्रबार ०९:००

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार चैत्र मसान्तसम्म आइपुग्दा बैंकको नाफा तीन अर्ब ३० करोड ६५ लाख रुपैयाँ रहको छ । जुन गत आवको तुलनामा २४.१३ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा चार अर्ब ३५ करोड ८२ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशतले बढेर १३ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी ११ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.७८ प्रतिशतले बढेर ४.७४ प्रतिशत पुगेको छ । गत वर्षको यही अवधिमा बैंकको खराब कर्जा ३.९६ प्रतिशत रहेको थियो । चैत्र मसान्तसम्म आइपुग्दा बैंकको कुल संचालन आम्दानी १३.७४ प्रतिशतले बढेर १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशतले बढेर १३ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो आम्दानी ११ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४२ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

समीक्षा अवधिसम्म आइपुग्दा बैंकको चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६०.९२ रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ४.८८ रुपैयाँले घटेर १२.२ रुपैयाँ भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*