खस्किए नेपाल बैंकका वित्तीय सूचक, यस्तो छ समग्र अवस्था

७ बैशाख २०८१, शुक्रबार ०९:३९

काठमाडौं । सरकारी स्वामित्व रहेको नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको उच्च अंकले घटेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १३ करोड पाँच लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.६७ प्रतिशत कम हो । बैंकले गत आवमामा १७ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि खुद नाफा बढ्न सकेन् । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ दशमलव ३७ प्रतिशतले बढेर ६ अर्ब ७७ करोड रुपैयाँ पुग्न सफल भएको छ । बैंकले गत आवको सोही अवधिमा कुल ६ अर्ब ४९ करोड रुपैयाँ खुद ब्याज आम्दानीबाट आर्जन गरेको थियो ।

बैंकको खराव कर्जा बृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ दशमलव १६ प्रतिशत रहेको उक्त कर्जा समीक्षा अवधि सम्ममा बृद्धि भई ४ दशमलव ८५ प्रतिशत पुगेको छ । जुन बैंकको वित्तीय सूचकको लागि नकरात्मक पक्ष रहन जान्छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि बढेको छ । बैंकको सञ्चालन मुनाफा ८.२१ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा बैंकको यस्तो मुनाफा ७ अर्ब ३८ करोड रुपैयाँबाट बृद्धि भई ७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

समग्र रुपमा वित्तीय विवरणलाई मध्य नजर गर्दा नेपाल बैंकको वित्तीय अवस्था खस्किएको छ । आर्थिक मन्दी र कमजोर व्यवस्थापकीय पक्षका कारण बैंकको वित्तीय अवस्था खस्किदै गएको छ ।

चुक्ता पुँजी १४ अर्ब ६९ करोड रहेको नेपाल बैंकको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ १७ पैसाबाट घटेर १ रुपैयाँ १८ रुपैयाँमा सीमित बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*