सांग्रिला डेभलपमेन्ट बैंकको नाफा झण्डै २७ करोड, कस्तो छ अन्य वित्तीय अवस्था ?

७ बैशाख २०८१, शुक्रबार १०:०७

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा झण्डै २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले २६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९।४४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३।४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३५।९८ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६।१९ प्रतिशत र सञ्चालन मुनाफा ९।६५ प्रतिशत बढेको छ ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २ रुपैयाँ ३४ पैसा ऋणात्मक रहेको छ ।

३ अर्ब ४३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा बैंकले ५२ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*