मुक्तिनाथ विकास बैंकको मुनाफा ८ प्रतिशतले बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?

७ बैशाख २०८१, शुक्रबार १०:२०

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको नाफा सामान्य वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार कम्पनीको नाफा ८.१३ प्रतिशतले बढेर ८७ करोड १८ लाख २४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ८० करोड ६२ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ३.३४ प्रतिशतले बढेर ३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब २ करोेड ९२ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको संचालन नाफा १ अर्ब २६ करोड २४ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९.४७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा १ अर्ब १५ करोड रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ, रिजर्भ कोष ३ अर्ब ५ करोड रुपैयाँ, वितरणयोग्य नाफा १ करोड २ लाख ८६ हजार रुपैयाँ र खराब कर्जा १.९९ प्रतिशतबाट बढेर २.०२ प्रतिशत पुगेको छ ।

चैत मसान्तसम्मकोे अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २५ पैसाले बढेर १६ रुपैयाँ ५ पैसा र प्रतिशेयर नेटवर्थ१४३ रुपैयाँ ४८ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*