नबिल, ग्लोबल आइएमई र एनआइसी एशिया बैंकबीचको तुलनात्मक अध्ययन

७ बैशाख २०८१, शुक्रबार १०:४७

काठमाडौं । वाणिज्य बैंक नबिल ग्लोबल आइएमई र एनआइसी एशिया बैंकले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको वित्तिय विवरणलाई आधार मानेर तीन कम्पनीबीच बीमापोष्टले गरेको तुलनात्मक रिर्पोट यस प्रकार रहेको छ ।

चुक्ता पुँजीको आधारमा

वाणिज्य बैंकहरुमध्ये उत्कृष्ट कारोबार गर्ने बैंकमा एनआईसी एशिया, नबिल बैंक, ग्लोबल आइएमई बैंक रहेका छन् । कम्पनी पुँजीको आधारमा समेत बलियो बैंकहरु हुन् ।

नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब रुपैयाँ रहेको छ।

एनआईसी एशिया बैंकको १४ अर्ब ९१ करोड रुपैयाँ र ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ रहेको छ।

खुद ब्याज आम्दानीको आधारमा

खुद ब्याज आम्दानी नबिल बैंकको १२ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। एनआईसी एशिया बैंकको ८ अर्ब १८ करोड रुपैयाँ रहेको छ।
ग्लोबल आइएमई बैंकको १४ अर्ब रुपैयाँ रहेको छ।

मुनाफाको आधारमा

चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक अग्र स्थानमा रहेको छ । बैंकले यस अवधिमा४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको हो । तर, उक्त नाफा गत आर्थिक वर्षको तुलनामा भने ८.७६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
नाफा सर्वाधिक हुने बैंकको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले यस अवधिमा ३ अर्ब ३० करोड ६५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ

एनआईसी एशिया बैंक रहेको छ। बैंकको मुनाफा १ अर्ब ९१ करोड रुपैयाँ रहेको ।

खराब कर्जाको आधारमा

खराब कर्जा नबिल बैंकको १ । २७ प्रतिशत रहेको छ भने एनआईसी एशिया बैंकको १।७६ प्रतिशत रहेको छ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको खराब कर्जा ४।७४ प्रतिशत रहेको छ।

बेस रेटको आधारमा

नबिल बैंकको बेस रेट ८।३६ प्रतिशत, एनआईसी एशिया बैंकको ८।८६ प्रतिशत, र ग्लोबल आइएमई बैंकको ८।८४ प्रतिशत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*