बैंकहरुको ईपीएसमा रमाइलो तथ्य, प्रतिशेयर १ देखि ३४ रुपैयाँसम्म (सूचीसहित)

८ बैशाख २०८१, शनिबार ०८:२८

काठमाडौं । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकहरुको प्रतिशेयर आम्दानीमा रमाईलो तथ्य फेला परेको छ । चालु आर्थिक वर्ष तेस्रो तैमासमा अधिकांश वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी १ रुपैयाँदेखि ३४ रुपैयाँसम्म रहेको छ ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार स्ट्याण्डर्ड चार्टड बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको छ । समीक्षा अवधिमा बैंकको इपीएस ३४ रुपैयाँ ६० पैसा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी ३६ रुपैयाँ ९१ पैसा रहेको थियो । जुन दुई रुपैयाँ ३१ पैसाले घटेको छ ।

समीक्षा अवधिमा एभरेष्ट बैंक प्रतिशेयर आम्दानीको आधारमा दोस्रो नम्बरमा रहेको छ । बैंकको यस्तो आम्दानी २९ रुपैयाँ ५५ पैसा रहेको छ । साथै, तेस्रो नम्बरमा रहेको नबिल बैंकको इपीएस २३ रुपैयाँ २४ पैसा रहेको छ ।

साथै, सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंंकको प्रति शेयर आम्दानी २० रुपैयाँ २५ पैसा, प्राइम कमर्सियल बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७८ पैसा, कृषि विकास बैंकको १७ रुपैयाँ ९३ पैसा रहेको छ ।

एनआईसी एशिया बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २९ पैसा, ग्लोबल आइएमई बैंकको १७ रुपैयाँ ८ रुपैयाँ, एनएमबि बैंकको १६ रुपैयाँ २७ पैसा, सिद्धार्थ बैंकको १६ रुपैयाँ १० पैसा, नेपाल इन्भेष्टमेन्ट बैंकको १५ रुपैयाँ ५१ पैसा र नेपाल एसबिआई बैंकको १४ रुपैयाँ ७८ पैसा, प्रभु बैंकको १० रुपैयाँ २६ पैसा र सरकारी स्वामित्व रहेको नेपाल बैंकको १ रुपैयाँ १८ पैसाले सबैभन्दा कम प्रतिशेयर आम्दानी रहेको छ ।

प्रति शेयर आम्दानी

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । कम्पनीले अग्राधिकार सेयर जारी गरेको छ भने करपछिको नाफाबाट अग्राधिकार सेयरको लाभांश घटाएर बाँकी रहने नाफालाई साधारण सेयरको कुल संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ । यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

प्रतिसेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । त्यसैले प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफल को आधार पनि हो । अतः प्रतिसेयर आम्दानी कम्पनीको नाफा विश्लेषण गर्ने एउटा महत्त्वपूर्ण औजार पनि हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*