शेयर बजारमा बलियो ठहरिएको गोर्खाज फाइनान्सको वित्तीय रिपोर्ट नाजुक

७ बैशाख २०८१, शुक्रबार १६:४३

काठमाडौँ । पूँजी बजारमा अब्बल रहेको गोर्खाज फाइनान्सको वित्तीय विवरण भने ओरालो यात्रामा रहेको छ । पछिल्लो समय शेयर बजारमा निरन्तर करोडौ रकम कारोबार भइरहेको कम्पनीको नाफा खुम्चिदै गएको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ४०.०६ प्रतिशत कम हो । गत वर्षको यसैअवधिमा फाइनान्सले ९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चैत मसान्तसम्ममा कम्पनीले ६ करोड ८९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको थियो । चैतसम्म फाइनान्सको इम्पेयरेन्च चार्ज २ करोड १ लाख रुपैयाँ रहेको छ । यता, २५ करोड ४७ लाख रहेको खुद ब्याज आम्दानी २३ करोड ५१ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको खराब कर्जा ६.७७ प्रतिशत विन्दुबाट बढेर १४.५० प्रतिशत पुगेको छ । हाल यस फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब २ करोड ६० लाख रुपैयाँ जम्मा छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८.४३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १५१.७१ रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*