ग्लोबल आइएमई लघुवित्तको मुनाफा साढे १० करोड माथि, अधिकांश सूचकमा उछाल

९ बैशाख २०८१, आईतवार ११:२९

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवतरण अनुसार कम्पनीको मुनाफामा सुधार देखिएको हो ।

चैत मसान्तसम्ममा कम्पनीले १० करोड ७२ लाख ३७ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५०.१० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ७ करोड १४ लाख ४३ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनी १७.४७ प्रतिशतले बढेर ४४ करोड ६१ लाख १७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३७ करोड ९७ लाख ४९ हजार रुपैयाँ नाफा गरेको थियो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १० करोड ३९ लाख ५४ हजार रुपैयाँ संचालन नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १५ करोड ३१ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको वितरणयोग्य नाफा ४ करोड १८ लाख ३४ हजार रुपैयाँ, खराब कर्जा ४.८४ प्रतिशतबाट घटेर ४.११ प्रतिशत, चुक्तापूँजी ६१ करोड ८९ लाख रुपैयाँ, रिजर्भ ४९ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

यता, कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९० पैसा र प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ६९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*