यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

९ बैशाख २०८१, आईतवार १५:११

काठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२ दशमलव २९ अंकले बढेर १९८४ को बिन्दुमा कायम भएको छ ।

बजारका लगानीकर्ता नियामकबाट पूँजी बजार चलयमानको पोलिसि खोजि रहेका छन् । नियामकबाट कुनै सकारात्मक कदम नचल्दा पछिल्लो समय बजार निरन्तर ओरालो लागेको थियो । आज भने केहि सामान्य सुधार देखिएको हो ।

शेयर बजार बढेसँगै दोल्ती पावर लिमिटेडको ९ दशमलव ८८ प्रतिशत र एनआइसी एशिया लघुवित्तको ८.४७ प्रतिशतले शेयरमूल्य सर्वाधिक बढेको छ ।

त्यस्तै, रुरु जलबिद्युत परियोजनाको ८ दशमलव १८ प्रतिशत, अप्पर हेवाखोला हाइड्रोपावरको ७ दशमलव २५ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*