प्राइम कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

१० बैशाख २०८१, सोमबार ०६:५३

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना प्रकाशित मिति (वैशाख १० गते)ले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । शेयरको बिक्री मूल्य कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।

बैंकले गत माघ २२ गते संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सूचना प्रकाशित गरेका थियो । तर, तोकिएको समयसम्म आवेदन नपरेपछि सो शेयर सर्वसाधारणलाई बिक्री खुलाइएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*