एनआइसी एशिया लघुवित्तले दियो शाखागत फिल्ड कर्मचारीहरुका लागि प्रभावकारी फिल्ड व्यवस्थापन तालिम

१० बैशाख २०८१, सोमबार १२:३१

काठमाडौँ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले १ दिने शाखागत फिल्ड कर्मचारीहरुका लागि प्रभावकारी फिल्ड व्यवस्थापन तालिम सम्पन्न गरेको छ । कम्पनीले बैशाख ८ गते कर्णाली प्रदेशको जामुनेबजार उप प्रदेश कार्यालय, खलंगा उप प्रदेश कार्यालय, छिन्चु उप प्रदेश कार्यालय र दैलेख उप प्रदेश कार्यालय अन्र्तगतका १ दिने शाखागत फिल्ड कर्मचारीहरुका लागि प्रभावकारी फिल्ड व्यवस्थापन तालिम गरेको हो ।

उक्त तालिममा ५७ जनाको उपस्थितिमा रहेको थियो । तालिमको सहजिकरण तथा प्रशिक्षण प्रमुख व्यावसायिक अधिकृत राजेन्द्र न्यौपाने र सञ्चान विभागका इञ्चार्ज भुवन निरौला गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*