किसान लघुवित्तको १९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

११ बैशाख २०८१, मंगलवार ०६:४४

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले दुई जना संस्थापकको नाममा रहेको  १२ हजार ८४० कित्ता र छ हजार ४२० कित्ता गरी जम्मा १९ हजार २६० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्ने हक हाल विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्रै रहेको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई कैलालीको लम्कीचुहामा रहेको लघुवित्तको केन्द्रीय कार्यालय वा काठमाडौंको मण्डीखाटारमा रहेको कर्पाेरेट कार्यालयमा आवश्यक कागजात सहित लिखित निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न प्रक्रिया थालिने लघुवित्तले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*