सिद्धार्थ बैंकको ५.१० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

११ बैशाख २०८१, मंगलवार ०७:५६

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पाँच लाख १० हजार ३०७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी संजय कुमार केडियाको नाममा रहेको चार लाख ५० हजार र रुबिका अग्रवालको नाममा रहेको ६० हजार ३०७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । यसका लागि ३५ दिनभित्र आवश्यक कागजात सहित खरिद गर्न चाहेको कित्ता विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट कुनै खरिद आवेदन नपरेमा गैर संस्थापक व्यक्ति वा संस्थालाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*