ग्राहकको रोजाईमा पर्न छोड्यो बजाज मोटरसाइकल, ५० प्रतिशतले घट्यो हंसराज हुलासचन्दको आम्दानी

२६ बैशाख २०८१, बुधबार १२:२०

काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीको आम्दानीमा निरन्तर ओरालो लागि रहेको छ । शेखर गोल्छाको ५३ प्रतिशत स्वामित्व रहेको कम्पनीको आम्दानी निरन्तर खस्की रहेको हो ।

नेपाली अटो बजारमा प्रतिस्पर्धा गर्ने नसक्नु र गुणस्तरीयता समेत खस्किँदै जाँदा कम्पनीले उत्पादन गर्ने मोटरसाइकलमा ग्राहकहरूको नजर पर्ने छोडेको हो । सन् २०२३ मा कम्पनीको आम्दानी ४९।५५ प्रतिशतले घटेर १० अर्ब ७६ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । सन् २०२२ मा भने कम्पनीको व्यापार २१ अर्ब ३३ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

पछिल्लो समय कम्पनीको उत्पादन ग्राहकले किन्न छोडेपछि डिलरहरू बन्द गर्दै आइरहेको छ । कम्पनीका डिलरहरू काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँहरूका बन्द हुँदै गइरहेका छन् । कम्पनीले नेपालमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधनको विक्री वितरण गर्दै आएको छ । कुनै समय नेपाली बजारमा ठुलो हिस्सा ओगटेको कम्पनी पछिल्लो समय भने सुस्ताउँदै गएको छ ।

कम्पनीले सन् २०२१ मा २५ अर्ब ४२ करोड ३० लाख रुपैयाँ र सन् २०२० मा १६ अर्ब ७१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको ८ महिनामा कम्पनीले ७ अर्ब २० करोड ८० लाख रुपैयाँको व्यापार गरेको देखिन्छ । पछिल्लो समय कम्पनीको आम्दानी घट्नुमा ग्राहकहरूको रोजाइमा नपर्नु मुख्य कारण रहँदै आइरहेको छ ।

अहिले बजारमा आएका नयाँ मोटरसाइकलसँग प्रतिस्पर्धा नगर्ने सक्दा कम्पनीको व्यापार घटी रहेको एक बजाज डिलरका व्यवसायीले बताए । उनले भने, ‘बजारमा एक वान मोटरसाइकल आइरहेका छन् । ती मोटरसाइकलसँग गुणस्तरीयतामा बजाजले प्रतिस्पर्धा गर्ने सकेको छैन । मूल्य समेत महँगो छ । अनि व्यापार समेत खस्की रहेको छ ।’

‘किन्ने मान्छेको कोही नआउँदा अब डिलर बन्द गर्ने तयारीमा रहेको ती व्यवसायीले बताए । दिन भरी बजारको साधन किन्न मान्छे कोही आउँदैनन् । त्यसै समय बित्ती रहेको छ । अब म पनि डिलर बन्द गर्नु पर्ने अवस्थामा आइसकेको छु । केही महिना अघि मात्र यही काठमाडौँको अनामनगरमा त डिलर नचलेर बन्द भएको छ’ उनले भने ।

तराईमा चल्ने तीन पाङ्ग्रे सवारीमा बजाज रि र बजाज मेक्सीमा–सी अटो पनि कम्पनीले नै विक्री गर्दै आएको छ । कम्पनीको मुख्य प्रतिस्पर्धीमा होण्डा र यामाहा ब्रान्डका सवारीसाधन रहेका छन् ।

2 thoughts on “ग्राहकको रोजाईमा पर्न छोड्यो बजाज मोटरसाइकल, ५० प्रतिशतले घट्यो हंसराज हुलासचन्दको आम्दानी

  1. राम बहदुर says:

    बजाज को बाइक एक दम खतम छ 14 hp को बाइक 10 HP काे जति पनि पिकअप छैंन अनि यस्तो बाइक कसरी लिनु हौ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*