बीमा कम्पनीहरुको साढे ४ करोड कित्ता हकप्रद बोर्डको पाइपलाइनमा, कुनको कति ?

६ जेष्ठ २०८१, आईतवार १२:२६

काठमाडौँ । चार महिनादेखि धितोपत्र बोर्ड अध्यक्ष विहिन हुँदा अर्बौको शेयर पाइपलाइनमा रहेको छ । तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल सकिए यता कुनै पनि कम्पनीले शेयर निष्कासनको अनुमति पाउन सकेको छैनन् ।

बोर्डले पछिल्लो समय आईपीओ, हकप्रद, एफपीओ लगायतका शेयर निष्काशनको अनुमति दिएको छैन् अर्थमन्त्रालयले समयमा नै बोर्डको अध्यक्ष चयन प्रक्रिया अगाडि बढाउन नसक्दा पूँजी बजारका लगानीकर्ताहरु मारमा परेका छन् ।

बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरणले पूँजी वृद्धिको लागि दिएको निर्देशनका कारण अधिकांश बीमा कम्पनीहरुले हकपद निष्काशन अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

बोर्डमा हकप्रद शेयर निष्काशनको लागि आवेदन दिएका ४ बीमा कम्पनीको कुल चार करोड ५४ लाख ३३ हजार कित्ता शेयर पाइपलाइनमा रहेको छ । उक्त कार्यको लागि सम्पूर्ण कम्पनीहरुले गत वर्ष नै अनुमतिको आवेदन दिएका थिए ।

एनएलजी इन्स्योरेन्सले हाल कायम पूँजीको ६६ प्रतिशतले ९६ लाख ३१ हजार बढी कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त कार्यको लागि गत वर्षको कात्र्तिक २ गते बोर्डमा आवेदन दिएको थियो । जुन हालसम्म पाइप लाइनमा रहेको छ । जस कारण कम्पनीहरु र बीमा क्षेत्रका लगानीकर्ताहरु मारमा परेको भन्दै गुनासो गरेका छन् ।

त्यस्तै, एलआइसी नेपालले निष्काशन गर्न लागेको दुई करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर बोर्डको पाइपलाइनमा रहेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ८८ दशमलव ४५ प्रतिशतका दरले हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि नेपाल एसबिआई मर्चेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बोर्डमा प्रभु महालक्ष्मीको हकप्रद पनि पाइप लाइनमा रहेको छ । साविकमा प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएर पनि आवश्यक चुक्ता पूँजी नपुगेपश्चात कम्पनीले १७ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले ७३ लाख तीन हजार कित्ता हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

निर्जीवन बीमा कम्पनीहरुमा नेको इन्स्योरेन्सले पनि हकप्रद निष्काशन प्रयोजनार्थ गत वर्षको चैत ६ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको हाल कायम रहेको पूँजीको २५ प्रतिशतले हुन आउने ५० लाख ३० हजार कित्ता हकप्रद पाइपलाइन्मा रहेको छ । उक्त कार्यको लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई कम्पनीले नियुक्त गरेको छ ।

 

One thought on “बीमा कम्पनीहरुको साढे ४ करोड कित्ता हकप्रद बोर्डको पाइपलाइनमा, कुनको कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*