कारोबार गर्न नजान्दा लगानीकर्ताले तिरे साढे पाँच करोड रुपैयाँ जरिवाना

६ जेष्ठ २०८१, आईतवार १४:०९

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनासम्म लगानीकर्ताले साढे पाँच करोड रुपैयाँ क्लोजआउट बापत जरिवाना तिरेका छन् । सिडिएसका अनुसार लगानीकर्ताले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा क्लोजआउट बापत ५ करोड ४६ लाख ५८ हजार ९८८ रुपैयाँ तिरेका हुन् ।

बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा क्लोजआउटमा पर्ने गरेका छन् । कति लगानीकर्ताको यस सम्बन्धी ज्ञानको अभाव हुनु र कहिले सिडिएसको समस्याका कारण समेत यस्तो जरिवाना तिर्नु परेको लगानीकर्ता बताउँछन् । अहिले सेयर बजार प्रविधिमैत्री बनेको छ । अधिकांश कारोबार पछिल्लो समय अनलाइन मार्फत भइरहेको हो । सोही कारण पनि पछिल्लो समय सेयर बजार प्रवेश गर्नेहरू दिनप्रति दिन बढ्दै गइरहेको अवस्था छ । बजारमा उत्साहको माहोल हुँदा समेत क्लोजआउटको समस्या भने अझै कम हुन् सकेको छैन ।

लगानीकर्ता सेयर बेचेको २४ घण्टा भित्र ईडीआईएस नगर्दा उक्त जरिवाना तिर्नु परेको हो । लगानीकर्ताले सेयर बेचेको २४ भित्र ईडीआईएस नगर्दा कारोबारको २० प्रतिशत रकम जरिवाना तिर्नुपर्ने ब्यवस्था रहको छ ।

सबैभन्दा बढी माग महिनामा लगानकर्ताले जरिवाना तिरेका छन् । माघ महिनामा मात्र लगानीकर्ताले १ करोड ४६ लाख २० हजार रुपैयाँ क्लोजआउट मार्फत तिरेका हुन् । साथै, पुषमा ९३ लाख ४७ हजार रुपैयाँ, साउनमा ५३ लाख ५० हजार रुपैयाँ, भदौमा ४४ लाख ७२ हजार रुपैयाँ, बैशाखमा ४४ लाख ६७ हजार रुपैयाँ, चैतमा ४४ लाख ५८ हजार रुपैयाँ, फागुनमा ३७ लाख ४९ हजार रुपैयाँ, असोजमा ३६ लाख ५८ हजार रुपैयाँ, मंसिरमा ३३ लाख ६७ हजार रुपैयाँ र कात्तिकमा ११ लाख ६६ हजार रुपैयाँ क्लोजआउट मार्फत जरिवाना तिरेका छन् ।

शेयर बजारमा ६२ लाख लगानीकर्ता सबै शिक्षित नुहँदा क्लोजआउटमा पर्ने गरेको लगानीकर्ता छोटेलाल रौनियारले बताए । ’लगानीकर्तामा समेत कमजोरी छ । ६१।६२ लाखको डिम्याट छ । सबै शिक्षित छन् भन्ने छैन । कतिले इडिआईएस गर्ने समेत जान्दैनन् रौनियारले भने, – ’क्लोजआउटका लागि कुनै फन्ड बनाउने बारे हामीले सेबोनमा माग राखेका थियौ । क्लोजआउटलाई निकास दिनु नै पर्छ । लगानीकर्तालाई मात्र मार पर्दा राम्रो कुरा होइन । सेबोन, लगानीकर्ता, सिडिएस र ब्रोकरहरू बसेर यसको निकास निकाल्नु पर्छ । ’

One thought on “कारोबार गर्न नजान्दा लगानीकर्ताले तिरे साढे पाँच करोड रुपैयाँ जरिवाना

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*