सुर्यज्योति लाइफद्वारा बीमा प्राधिकरण, बीमाको सिद्धान्त र ऐन कानुनमाथि खुलेआम चुनौती, बीमितको निधनपछि बीमा पोलिसी रद्द

२१ जेष्ठ २०८१, सोमबार १०:०३

काठमाडौं । सुर्य ज्योति लाइफले नेपालको जीवन बीमा क्षेत्र नै बद्नाम हुने गरी ठगी धन्दा सञ्चालन गरेको तथ्य बीमापोष्टले फेला पारेको छ । जीवन बीमा भनेकै जोखिम र बचत दुवै हो । तर, सुर्यज्योति लाइफमा चौरासी पुजा नामक बीमा पोलिसी लिएकी रुपन्देहीकी सतियादेवी कलवारिनको निधनपछि बीमा दावी भुक्तानी दिनुको साटो जीवन बीमा पोलिसी नै रद्द गरेर सुर्यज्योति लाइफले बीमितलाई ठगी गरेको तथ्य फेला परेको छ ।

बीमित गोनहा– ६ रुपन्देहीकी सतियादेवी कलवारिनले २०७८।११।१३ गते सुर्य ज्योति लाइफको भैरहवास्थित शाखाबाट २० लाख रुपैयाँ बीमाङ्क चौरासी पुजा जीवन बीमालेख पोलिसी लिएकी थिईन् । निज बीमितको २०७९।०४।०६ गते निधन भएको थियो । बीमितको निधन पश्चात हकवाला छोरा दिनेश जैसवालले बीमा कम्पनीमा दावी भुक्तानी माग गर्दै निवेदन दिएकोमा दावी भुक्तानी दिनुको साटो बीमितको निधन भएको ७ महिना ७ दिन पछि सिईओ प्रकाश बिक्रम खत्रीले बीमितको नाममा जारी भएको बीमा पोलिसी नै रद्द गर्ने र दावी भुक्तानी नदिने निर्णय गरेको तथ्य भेटिएको छ ।

कम्पनीका कानुन तथा दावी विभाग कर्मचारी उमेश बुढाथोकीले हस्ताक्षर गरेर बीमितका हकवावा दिनेश जैसवाललाई दिएको पत्रमा उनकी आमा सतिया देवी कलवारिनको बीमा पोलिसी रद्द भएको र यसअघि बुझाएको रकम समेत फिर्ता नहुने उल्लेख गरेका छन् । कलवारिनले मर्नु अघि जीवनभरको कमाई जम्मा गरेर चार लाख रुपैयाँ अग्रिम भुक्तानी बापत बुझाएकी थिईन् । तर, बीमितको निधनपछि दावी भुक्तानी दिनुको साटो उल्टै सुर्यज्योति लाइफले विगत पौने दुई वर्षदेखि बुझाएको रकम समेत नदिएर ठगी गरिरहेको छ । सुर्यज्योति लाइफको उक्त निर्णयले नेपालमा बीमा नियमनमाथि धज्जी उडाएको छ भने सिंगो बीमा क्षेत्रमाथि नै गम्भिर प्रश्न उठ्ने खतरा बढेको छ ।

बीमा ऐन २०७९, बीमा नियमावली, दावी भुक्तानी सम्बन्धी विभिन्न निर्देशिका र नियामक नेपाल बीमा प्राधिकरणमाथि खुला चुनौति दिँदै सुर्य ज्योति लाइफले बीमितको निधन पश्चात बीमा पोलिसी रद्द गर्ने निर्णय गरेको हो । बीमाको सिद्धान्त, बीमा ऐन, प्रचलित कानुन, करार कानुन तथा बीमा सम्बन्धी निर्देशिका अनुसार बीमा दावी परिसकेपछि कुनै पनि पक्षले सम्झौता रद्द गर्न वा बीमा पोलिसी रद्द गर्न पाइदैन । तर, सुर्य ज्योति लाइफका सिईओ प्रकाश बिक्रम खत्रीले बीमा प्राधिकरणको अस्तित्व र नियमनमाथि नै गम्भिर चुनौति दिँदै बीमितको निधनपछि बीमा पोलिसी रद्द गर्ने निर्णय गरेर सिंगो बीमा क्षेत्रलाई बद्नाम गर्ने दुष्प्रयास गरेका छन् ।

सुर्यज्योति लाइफले बीमितको निधन पछि बीमा पोलिसी रद्द गरेको स्वीकार गरेको छ । यद्यपि सूचना अधिकारी उमेश मैनालीले यस सम्बन्धमा बुझेर थप विवरण दिन्छु भनेपछि दुई सातासम्म कुनै प्रतिक्रिया दिएनन् । सो बीमा पोलिसी रद्द सम्बन्धी निर्णय सिईओ प्रकाश बिक्रम खत्रीको तहबाट भएको कम्पनी स्रोतले जनाएको छ ।

बीमितको निधनपछि बीमा पोलिसी रद्द गरेको इतिहास नेपालमा सम्भवतः पहिलो पटक हो । पीडित दिनेश जैसवालले बीमितको निधनपछि बीमा पोलिसी रद्द गर्ने कार्यले सुर्यज्योति लाइफमा बीमा गर्नु नै बेकार भएको प्रतिक्रिया दिएका छन् । उनले सुर्यज्योति लाइफले दिन दहाडै ठगी धन्दा चलाएको र उक्त ठगी धन्दा तत्काल बन्द गर्न नेपाल सरकार समक्ष माग गरेका छन् ।

5 thoughts on “सुर्यज्योति लाइफद्वारा बीमा प्राधिकरण, बीमाको सिद्धान्त र ऐन कानुनमाथि खुलेआम चुनौती, बीमितको निधनपछि बीमा पोलिसी रद्द

  1. Yamakanta Nyaupane says:

    I don’t believe that till I don’t read all the documents of the both side.
    After that only I can say right or wrong.thank you

  2. polcybazar says:

    Tapai le news lekhe pachi paux hola ni ta letter ramro sita padnu vo tesma ke lekhe ko x maile kunai kura lukaye ko vaya beema radha garda bunx vanne sabda bujnu vayu ki nai . tapai haru ko karan le beema ko janatcatena failaune kam vanda bharam falaune kam vaye ko dhaku garik lai chatta buje na vane beema pradhikaran ma ujari dina sakx ni.

  3. डोल राज भुसाल says:

    बिमा प्राधिकरण ले कार्बाहि गरी पीडित लाइ तुरुन्त बिमान्क र बोनस उप्लब्ध गराउनु पर्छ

  4. Beenu says:

    यो सिइओ लाई कार्बाही गर्नु पर्छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*