हुन्डाईका गाडीमा अर्को समस्या रहेको स्वीकार, फ्युल पम्पका कारण आगलागीको जोखिम

१३ माघ २०८१, आईतवार १८:३८

काठमाडौँ । हेर्दा आकर्षक तर गुणस्तरमा गम्भीर समस्या रहेको हुन्डाई गाडीमा भएको त्रुटि एकपछि अर्को गर्दै बाहिर आइरहेको छ । आगलागी, प्राधिकरण समस्या र उत्पादनमा त्रुटिका कारण हुन्डाईका गाडी गुणस्तरहीन भइरहेको तथ्य बाहिर आइरहेको हो ।

प्राविधिक समस्याका कारण अमेरिकाबाट १ लाख ४५ हजार हुन्डाईका लागि फिर्ता बोलाएको केहि महिना नपुग्र्दै पुनः उत्पादन प्रक्रियामा देखिएको त्रुटिका कारण हजारौं गाडी फिर्ता बोलाएको हो ।

सन् २०१७ देखि २०२३ सम्मका जेनेसिस जी ७०, सन् २०२० देखि २०२३ सम्मका हुन्डाई कोना एन र आइ ३० सेडान एन गरी लगभग ५ हजार गाडीहरू फिर्ता बोलाएको हो । फिर्ता बोलाउने निर्णयको कारण उच्च–दबाब इन्धन पम्पमा रहेको इन्धन नियन्त्रण भल्भमा समस्या देखिएको हो । फिर्ता सम्बन्धी सूचनामा भनिएको छ, “इन्धन नियन्त्रण भल्भले आवश्यकता भन्दा बढी इन्धन पम्पमा प्रवेश गर्न दिन सक्छ । यदि यस्तो हुन्छ भने, गाडीको इन्जिन बन्द हुनसक्छ, जसले गर्दा गाडीको शक्ति अचानक गुम्न सक्छ ।”

गाडी चलाउँदै गर्दा शक्ति अचानक गुम्नु गम्भीर दुर्घटनाको कारण बन्नसक्ने जसले गाडीका यात्रु र अन्य सडक प्रयोगकर्तालाई गम्भीर चोटपटक वा मृत्युसम्मको जोखिममा पार्नसक्ने खतरा रहेको सूचनामा उल्लेख गरिएको छ ।

प्रभावित गाडीका मालिकहरूलाई जेनेसिस मोटर अस्ट्रेलियाले लिखित रूपमा सम्पर्क गरेर इन्धन पम्पको निरीक्षण गर्न र आवश्यक परेमा निःशुल्क रूपमा बदल्न आग्रह गरेको छ । प्रभावित गाडीहरूको वाहन पहिचान नम्बरको सूची अस्ट्रेलियाको यातायात विभागको वेबसाइटमा उपलब्ध गराइएको छ । ग्राहकहरूले उक्त सूची हेरी आफ्नो गाडी प्रभावित भएको भए निकटतम सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।

नेपालमा भने हुन्डाईको गाडी लक्ष्मी मोटर्सले बिक्रि वितरण गर्दै आइरहेको छ ।

सम्बन्धीत समाचार

प्राविधिक समस्यापछि अमेरिकाबाट हुन्डाईका १ लाख ४५ हजार ईभी गाडी फिर्ता

गुणस्तरहीन हुन्डाई ‘आइओनिक ५’ धमाधम बिक्री गर्दै लक्ष्मी मोटर्स, ग्राहकको सुरक्षामा खतरा

हुन्डाई गाडीमा बढ्दो आगलागी समस्या, के ब्याट्रि नै गुणस्तरहीन हुन् ?

हुन्डाई र कियाका ईभी गाडीमा गम्भीर समस्या, दुर्घटनाको जोखिम बढ्ने सवारी धमाधम बिक्री गरिदैं

One thought on “हुन्डाईका गाडीमा अर्को समस्या रहेको स्वीकार, फ्युल पम्पका कारण आगलागीको जोखिम

  1. Sunil keshary bhandari says:

    5 years,ago I have same problem and went several times hyundai service center but they unable to find out problem .Then I went to my local vehicle service centre and find out the problem and replace fuel motor pump after that no any pro lem

Leave a Reply to Sunil keshary bhandari Cancel reply

Your email address will not be published. Required fields are marked *


*