एसआरएम ईभी माइक्रोले स्कुलमा मच्चायो आतंकः नाबालिकाको ज्यान गयो, सात जना घाइते

२ असार २०८२, सोमबार १८:२२

काठमाडौँ । ‘सस्तो मूल्य, आकर्षक डिजाइन’ भन्ने प्रचारसहित नेपाली बजारमा भित्रिएको चिनियाँ विद्युतीय सवारी ब्रान्ड एसआरएम फेरि एक पटक ठूलो विवादमा तानिएको छ । काठमाडौंको कलंकीस्थित इडिफाई इन्टरनेसनल स्कुल परिसरमै भएको एक हृदयविदारक दुर्घटनामा एक नाबालिकाको ज्यान गएको छ भने अन्य सात जना घाइते भएका छन् ।

ज्यान जाने बालिका सोनाक्षी यादवको उमेर जम्मा ९ वर्ष थियो । चार दिनअघि मात्र विद्यालयले खरिद गरेको एसआरएम ब्रान्डको ईभी माइक्रोभ्यान गेटअगाडि उभिरहेका विद्यार्थीहरूलाई हुत्तिएर ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा सर्लाहीको लालबन्दीकी आठ वर्षीया रेश्मा मोक्तान, रामेछापकी नौ वर्षीया नेसिया थापा, कीर्तिपुरकी नौ वर्षीया निशिका डंगोल, मकवानपुरकी ११ वर्षीया सिमरन खडका, गुल्मीकी नौ वर्षीया प्रेमिसा घर्तीमगर घाइते भएका छन् । यस्तै विद्यालयका प्रध्यानाध्यापक तनहुँ स्थायी घर भएका ४६ वर्षीय सुरज पोख्रेल र गाडीचालक धनुषाका ६० वर्षीय हर्कबहादुर कार्की पनि दुर्घटनामा परेका छन् ।

दुर्घटना सोमबार दिउँसो १२ः५० बजे स्कुलबाट छुट्टी दिएर विद्यार्थीहरू गेटअगाडि उभिएका बेला भएको हो । एसआरएम ब्रान्डको ईभी माइक्रोले अचानक गति लिएर स्कुलको गेटको पिलरमा ठोक्किँदै अगाडि रहेका शिक्षक तथा विद्यार्थीलाई ठक्कर दिएको थियो । चालक हर्कबहादुर कार्कीका अनुसार गाडीको एक्सिलेटर थिच्नेबित्तिकै भ्यान एक्कासी हुत्तिएको थियो, जुन नियन्त्रण बाहिर पुगेको थियो । गाडीको स्टेयरिङ, ब्रेक र अन्य प्रणालीले समयमै प्रतिक्रिया नदिएपछि दुर्घटना भएको हो ।

उक्त घटनाले गाडीमा गम्भीर प्रविधिगत त्रुटि रहेको आशंका बलियो बनाएको छ । किनकि चार दिनअघि मात्रै खरिद गरिएको नयाँ सवारी यस्तो गम्भीर दुर्घटनाको कारण बनाउनु भनेको गाडीको गुणस्तर र सुरक्षा प्रणाली अत्यन्तै कमजोर रहेको प्रमाण हो । एसआरएम ब्रान्डका विद्युतीय माइक्रोबसहरू नेपालमा भिजी मोटर्स नामक कम्पनीले आयात गरी बिक्री वितरण गर्दै आएको छ । कम मूल्य र आकर्षक डिजाइनका कारण यसले प्रारम्भिक दिनहरूमा बजारमा उत्साहजनक प्रतिक्रिया पाएको थियो । विभिन्न विद्यालय, संस्थान र निजी प्रयोगकर्ताहरूले पनि यस ब्रान्डका गाडीहरू प्रयोगमा ल्याएका छन् । तर पछिल्ला घटनाहरूले यसको प्रविधि, निर्माण सामग्री र सुरक्षातर्फ गम्भीर कमजोरी रहेको देखाइरहेको छ ।

पछिल्लो समय दिन प्रतिदिन एसआरएम ब्रान्डका सवारीहरू दुर्घटनामा पर्ने गरेका छन् । यसअघि पनि देशका विभिन्न भागहरूबाट ब्रेक नलाग्ने, अचानक स्पीड बढ्ने, स्टेयरिङ जाम हुनेजस्ता समस्या देखिएको खबर आइरहेका थिए । ती गुनासोलाई कम्पनीले प्राविधिक कमजोरी नभई ‘प्रयोगकर्ता त्रुटि’ भन्दै पन्छाउँदै आइरहेको छ ।

एसआरएम ब्रान्डका ईभी माइक्रो असुरक्षित, यात्रुको ज्यान जोखिममा

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*