रिलायबल नेपाल लाइफको सीईओमा लोहनी पुनः नियुक्त
२२ असार २०८२, आईतवार १०:५७

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नारायण बाबु लोहनीलाई पुनः नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको १५५ औं बैठक असार १९ गते बसेको बैठकले लोहनीलाई आगामी चार वर्षको लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
नियुक्ति साउन १८ गतेदेखि लागू हुने उल्लेख गरिएको छ। लोहनी यसअघि पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका थिए।
अब पुनः नियुक्तिसँगै उनी आगामी कार्यकालका लागि पनि कम्पनीको नेतृत्व गर्ने छन्।















हार्दिक बधाइ तथा शुभकामना
हार्दिक बधाई छ नारायण भाई । सफल कार्यकालको शुभकामना सहित।