शरद ओझाले सर्वोच्चबाट पाएनन् अन्तरिम आदेश

१९ श्रावण २०८२, सोमबार १७:५७

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्वित अध्यक्ष शरद ओझाको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाँल र शान्ति सिंह थापाको इजलासले ओझाको माग दावी बमोजिम पुनः काममा फर्कन अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत असार ३० गते तीन सदस्यीय छानविन समिति गठन गरेपछि ओझा स्वतः निलम्वनमा परेका थिए । सोका विरुद्धमा ओझाले सर्वोच्च अदालतमा रिट दायर गरी सरकारले गठन गरेको समिति गैर कानुनी भएकोले खारेजको माग गर्दै तत्काल काममा फर्कन अन्तरिम आदेश माग गरेका थिए । सो मुद्दामा आज छलफल भएको थियो ।

 

 

2 thoughts on “शरद ओझाले सर्वोच्चबाट पाएनन् अन्तरिम आदेश

  1. Satyendra pandey says:

    Lic Nepaltd कौ लुट समराजय

  2. राजकुमार आत्रेय says:

    योग्यताको कमि रहेछ के बच्चाले जस्तो ल्याङ ल्याङ गर्या होला

Leave a Reply to Satyendra pandey Cancel reply

Your email address will not be published. Required fields are marked *


*