एशियन लाइफद्वारा बीमा सचेतना सम्बन्धि नयाँ भिडियो सार्वजनिक (भिडियोसहित)

१० मंसिर २०८२, बुधबार १८:१८

काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आम जन समुदायमा बीमा सचेतना बढाउने उद्देश्यले नयाँ भिडियो सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो आधिकारी सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिएको उक्त भिडियोले कुनै एक व्यक्तिको लागि मात्र नभएर समग्र परिवारको लागि दुःखको सारथी नै जीवन बीमा भएको कुरा प्रष्ट पारिएको छ ।

नेपाली मात्र नभएर विश्व समुदायमा पनि अप्ठ्यारो पर्दा आर्थिक सहायता पाउन निकै कठिन हुन्छ । कुनै पनि व्यक्तिले कसैलाई आर्थिक सापटी गर्दा उसले पछि त्यो सापटी कसरी तथा कुन आधारमा फिर्ता हुन्छ वा गरिन्छ भन्ने आधारमा मात्र सापटी दिने गर्दछन् ।

घर परिवारको मुलीनै नरहेपछि आर्थिक समस्या त उत्पन्न हुने नै भयो, उल्टै सहयोगी हात पनि गुम्छन् । जसको एकमात्र उपाय जीवन बीमा रहेको भिडियोले प्रस्ट पारेको छ ।

एशियन लाइफ इन्स्योरेन्सले भिडियो सन्देशमार्फत समयमै जीवन बीमा गरी आफु र घर परिवारलाई जोखिमको सहयात्रीको रुपमा बीमा पोलिसी खरिद गर्न आवश्यक रहेको बताएको छ ।

सधै सबैको जिन्दगी एकनासको मात्र रही रहदैन्, मानिसको जीवनमा हजारौं समस्या आइरहन्छन्, घटना घटिरहन्छन्, त्यसैले परिवारको खुशी तथा छोराछोरीको शिक्षा लगायतका निकै महत्वपूर्ण विषयमा ध्यान गरी जीवन बीमा गर्न कम्पनीले भिडियो मार्फत नेपाली समाजमा सन्देश प्रवाह गरेको छ ।

One thought on “एशियन लाइफद्वारा बीमा सचेतना सम्बन्धि नयाँ भिडियो सार्वजनिक (भिडियोसहित)

  1. हरिश खड्का ( अभिकर्ता) asian life insurance pvt.ltd Nepal says:

    भिडियो राम्रो र हर मानिसलाई काम लाग्ने सन्देशमुलक छ, आफुलाई पैसा आबश्यक पर्दा कसैले पनि सहयोग गर्दैन्न सापटि दिदैन्न भन्ने कुरा प्रस्ट उल्लेख गरिएको छ र त्यसैले यो समुदायमा देश बिदेश र बिश्व बजारमा बिमाको अती आबश्यक छ जो जिबन बिमा यस्तो चिज हो पैसा बचत र जिबन सुरक्षा त्यसैले आजैदेखि सबैजनाहरुले जिबन बिमा गरौ।

Leave a Reply to हरिश खड्का ( अभिकर्ता) asian life insurance pvt.ltd Nepal Cancel reply

Your email address will not be published. Required fields are marked *


*