डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति?
२५ चैत्र २०८२, बुधबार ०६:४४

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ८ पैसाले घटेर खरीदमूल्य १४८.५२ रुपैयाँ र बिक्रीमूल्य १४९.१२ रुपैयाँ कायम भएको छ।
यस दिन एक अष्ट्रेलियन डलरको खरीददर १०२.९३ रुपैयाँ र बिक्रीदर १०३.३५ रुपैयाँ, एक युएई दिरामको खरीददर ४०.४४ रुपैयाँ र बिक्रीदर ४०.६० रुपैयाँ र एक हङकङ डलरको खरीददर १८.९५ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ निर्धारण भएको छ।













