मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर नियुक्त

४ बैशाख २०८३, शुक्रबार ११:३३

काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नयाँ नियुक्ति गरेको छ। बैंकमा कार्यरत हालका सीईओ प्रद्युम्न पोखरेलको कार्यकाल २०८३ साल बैशाख मसान्तबाट सकिन लागेसँगै सञ्चालक समितिले नयाँ नेतृत्व चयन गरेको हो।

बैंकको सञ्चालक समितिको २०८३ साल बैशाख ३ गते बसेको ३७१औँ बैठकले तारा मानन्धरलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार मानन्धरले २०८३ साल जेठ १ गतेदेखि लागू हुने गरी चार वर्षे कार्यकालका लागि सीईओको जिम्मेवारी सम्हाल्नेछन्।

हालका सीईओ पोखरेलको कार्यकाल समाप्त हुनुअघि नै नयाँ नेतृत्व चयन गरिएको बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*