नेपाल फाइनान्सको अध्यक्षमा योगराज कँडेल शर्मा
४ बैशाख २०८३, शुक्रबार १६:२८

काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा योगराज कँडेल शर्मा चयन भएका छन्।
वैशाख ४ गते दिउँसो साढे १ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको जनाएको छ।
शर्मा यसअघि कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको प्रतिनिधिको रूपमा कार्यरत थिए।











