हिमालयन रि इन्स्योरेन्सको स्वस्थता परिक्षण गर्दै बीमा प्राधिकरण

काठमाडौं । निजि क्षेत्रको पुनर्बीमा कम्पनी कम्पनी हिमालयन रि इन्स्योरेन्स कम्पनीको स्वस्थता परिक्षण गर्न नियामक बीमा प्राधिकरणले स्थलगत अनुगमनको लागि टोली परिचालन गरेको छ ।
बीमा प्राधिकरणले हालैका दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन बमोजिमको हिलटन होटलको सन्दर्भमा भएका कामहरुको छानविन गरी प्रतिवेदन पेश गरेको प्राधिकरणले पुनः सम्पत्ति शुद्धिकरणको बिषय उठेपछि अहिले कम्पनीका सञ्चालकहरु पक्राउ परेका तथा अध्यक्ष शेखर गोल्छा राजिनामा दिएर बाहिरिएको अवस्था छ ।
पछिल्लो घटनाक्रमले हिमालयन रि इन्स्योरेन्स कम्पनीमा के कस्तो प्रभाव परेको छ भनेर अध्ययन गर्ने कार्य भइरहेको बीमा प्राधिकरण स्रोतले जनाएको छ । स्रोतका अनुसार कम्पनीको वित्तीय अवस्था कस्तो छ ? तरलतादेखि अन्य सबै कुराहरुको परिक्षण भइरहेको छ ।
प्राधिकरणका अनुसार ह्वाईट पेपर तयार गर्ने कार्य अहिले भइरहेको र अनुगमनमा गएको टोलीले प्रतिवेदन पेश गरेपछि सोही आधारमा के कसरी थप नियमन गर्ने भन्ने निर्णय हुनेछ । समस्याग्रस्त घोषणा गर्नुपर्ने अवस्था छ वा त्यहीका अहिलेको प्रशासनबाट कम्पनी सुधार हुन्छ भनेर अध्ययन गरेपछि निर्णय गरिनेछ ।











