नेपाल खानेपानी संस्थानमा ठूलो संख्यामा कर्मचारी माग (सूचना सहित)

६ बैशाख २०८३, आईतवार ०८:१९

काठमाडौं । नेपाल खानेपानी संस्थानले खुला तथा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी १५३ जनाका लागि दरखास्त आह्वान गरेको छ। काठमाडौंको त्रिपुरेश्वरमा प्रधान कार्यालय रहेको संस्थानले विभिन्न सेवा तथा समूहका पदहरूमा आवेदन खुलाएको हो।

संस्थानले उपप्रबन्धक, सहायक प्रबन्धक, सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियर, कम्प्युटर इन्जिनियर, कानुन अधिकृत, शाखा अधिकृत, सहायक अधिकृत, सहायक लेखा अधिकृत, सहायक कानुन अधिकृत, बरिष्ठ सहायक, हेभि इक्विपमेन्ट ड्राइभर, लेखापाल, सब इन्जिनियर, सुपरभाइजर, केमिस्ट, बरिष्ठ कम्प्युटर अपरेटर, सहायक, सिनियर मिटर रिडर, हेभी ड्राइभर, सहायक लेखापाल, सिनियर प्लम्बर, प्लान्ट अपरेटर, पम्प अपरेटर, मिटर मेकानिक्स र कम्प्युटर अपरेटर पदमा आवेदन खुलाएको हो।

सम्बन्धित पदका लागि तोकिएको योग्यता पूरा भएका इच्छुक नागरिकले आगामी २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप सात दिनभित्र प्रधान कार्यालयमा पेश गर्नु पर्नेछ। दरखास्त फाराम प्रधान कार्यालयका साथै संस्थानको वेबसाइटबाट पनि प्राप्त गर्न सकिनेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*