यी तीन माध्यमबाट हेर्नुहोस् कालिन्चोक हाइड्रोपावरको आईपीओ नतिजा

काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक आरविवि मर्चेन्टले सोमबार बिहान शेयर बाँडफाँड गरेको हो।
आईपीओमा कुल २७ लाख ८४ हजार ५ सय १९ जनाको आवेदन परेको थियो । ति मध्ये २६ लाख ३५ हजार ६ सय ३४ जनाको आवेदन मात्र योग्य भएको छ। आईपीओमा ६८ हजार ४७५ जनाले १०।१० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।
कम्पनीले चैत्र २२ गतेदेखि चैत्र २५ गतेसम्म सर्वसाधारणलाई ६ लाख ८४ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.rbbmbl.com.np/result/allotment-result-check
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login











