हावाहुरी र असिनाले ७४ सवारी साधनमा क्षति

७ बैशाख २०८३, सोमबार १०:५९

काठमाडौँ ।  पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना क्षेत्रमा आज साँझ आएको हावाहुरी र असिनापानीका कारण ७४ वटा सवारी साधनमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार करिब ३५ मिनेटसम्म चलेको हावाहुरी र असिनापानीका कारण सडक किनारमा रोकिराखिएका सवारी साधनमा क्षति पुगेको हो । प्रहरीका सूचना अधिकारी डिएसपी रविन्द्र खनालले दिएको जानकारी अनुसार ५७ वटा कार, १५ वटा हाइस माइक्रोबस, एउटा मोटरसाइकल र एउटा ट्रकमा क्षति पुगेको छ ।

घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । क्षति पुगेका सबै सवारी साधन सडक आसपास रोकिएको अवस्थामा रहेका थिए ।

प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका अन्तर्गत वडा नम्बर ३, ४ र ५ मा पर्ने पृथ्वी राजमार्ग खण्डमा सबैभन्दा बढी क्षति भएको हो । साँझ ४ बजेर ५५ मिनेटमा सुरु भएको हावाहुरी र असिनापानी करिब ५ बजेर ३० मिनेटसम्म जारी रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*