आज यी ४ कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढ्यो, अन्यको कुनको कति ?
७ बैशाख २०८३, सोमबार १५:१३

काठमाडौँ । गत शुक्रबार बढेको सामान्य अकंले बढेको शेयर बजार आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.१७ अकंले घटेर २८२५.२३ बिन्दुमा कायम भएको हो ।
कारोबार रकम समेत सुस्त बनेको छ । आज ३४९ कम्पनीको १ करोड १६ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँको कारोबार भएको हो ।
दैनिक मूल्य उतारचढाव सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरेसँगै ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यकुण्ड हाइड्रो, होटल फरेष्ट, पाल्पा सिमेन्ट र शिखर पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।












