नेप्सेमा मिथिला लघुवित्तको बोनस शेयर सूचीकृत

७ बैशाख २०८३, सोमबार १७:१८

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ३ लाख १९ हजार १०४.७४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०८१।८२ सम्मको मुनाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै उक्त बोनस शेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*