खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला

७ बैशाख २०८३, सोमबार १८:०६

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडी तथा अन्य विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुनः सुचारु गर्ने निर्णय गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि सुरक्षा संवेदनशीलताको कारण देखाउँदै लगाइएको अस्थायी प्रतिबन्ध हटाएको हो । मन्त्रालयका अनुसार अब साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि सबै प्रकारका श्रम स्वीकृति—व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरण प्रक्रिया—पूर्ववत रूपमा जारी हुने भएका छन् ।

वैदेशिक रोजगार विभागले जारी गरेको सूचनामा इरान युद्धका कारण पश्चिम एसियाली क्षेत्रमा उत्पन्न अस्थिर परिस्थितिलाई मध्यनजर गर्दै फागुन १७ गते ती मुलुकहरूमा वैदेशिक रोजगारीमा जान अस्थायी रूपमा रोक लगाइएको उल्लेख गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*