यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

८ बैशाख २०८३, मंगलवार ०७:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ८ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४८.७१ रुपैयाँ र बिक्रीमूल्य १४९.३१ रुपैयाँ कायम भएको छ।

त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०६.४५ रुपैयाँ र बिक्रीदर १०६.८८ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३६ रुपैयाँ र बिक्रीदर ९.४० रुपैयाँ, एक यूएई दिरामको खरीददर ४०.४९ रुपैयाँ र बिक्रीदर ४०.६५ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*