याम्बालिङ्ग हाईड्रोपावरको आईपीओ बाँडफाँड, रकम फिर्ता भोलिदेखि

८ बैशाख २०८३, मंगलवार ०७:४६

काठमाडौं । याम्बालिङ्ग हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका स्थानीय बासिन्दाका लागि ७ करोड रुपैयाँ बराबरका ७ लाख कित्ता शेयर जारी गरेको थियो। प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा उक्त शेयर २०८२ चैत ८ गतेदेखि २३ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो।

उक्त अवधिमा परेको आवेदनका आधारमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार वैशाख ६ गते शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

शेयर नपरेका वा आंशिक परेको आवेदनकर्ताहरूको रकम भोलि वैशाख ९ गते बुधबारदेखि सम्बन्धित बैंक खातामा फिर्ता पठाइने कम्पनीले जनाएको छ। यसमा धितोपत्र निष्काश तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*