ईकोसकको मन्त्रीस्तरीय सत्रमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी
८ बैशाख २०८३, मंगलवार ०९:१५

काठमाडौं । राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद् (ईकोसक) अन्तर्गत विकासका लागि वित्त सम्बन्धी मन्त्रीस्तरीय सत्रमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी भएका छन्।
राष्ट्र संघीय मुख्यालय, न्युयोर्कमा आयोजित उक्त सत्रमा उनले काठमाडौंस्थित सिंहदरबारको आफ्नो कार्यकक्षबाटै मन्तव्य राखेका हुन्।











