सबै मन्त्रालयका मन्त्री र सचिवबीच बजेटबारे छलफल
८ बैशाख २०८३, मंगलवार ०९:२५

काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक सबै मन्त्रालयका मन्त्री र सचिवलाई आमन्त्रण गरी बजेट सम्बन्धी छलफल गरेको छ।
सोमबार भएको छलफलमा समसामयिक आर्थिक तथा वित्तीय अवस्था, बजेट निर्माण तथा कार्यान्वयनका चुनौतीहरूमा केन्द्रित रहेर छलफल गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।











