त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द गरिने

८ बैशाख २०८३, मंगलवार १०:२५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातिको समयमा दैनिक ७ घण्टा बन्द गरिने भएको छ।

विमानस्थलको पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति पौने ११ बजेदेखि बिहान साढे ६ बजेसम्म उडान तथा अवतरण सेवा स्थगित गरिने निर्णय गरिएको हो।

विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ सम्पन्न गर्नका लागि रातिको समयमा विमानस्थल बन्द गर्न लागिएको हो। हाल धावनमार्गको छेउमा रहेको ट्याक्सीवे क्षेत्रमा निर्माण कार्य जारी रहेको छ।

सुरक्षालाई मध्यनजर गर्दै निर्माण अवधिभर रातिको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गरिने जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*