टेलिकमको एनटी फाइबर आईपीटिभी सेवा अवरुद्ध

८ बैशाख २०८३, मंगलवार १३:१८

काठमाडौँ । नेपाल टेलिकमअन्तर्गत सञ्चालनमा रहेको एनटी फाइबरको आईपीटिभी सेवा प्राविधिक समस्याका कारण प्रभावित भएको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै सेवा अवरुद्ध भएको पुष्टि गरेको हो ।

टेलिकमका अनुसार प्रणालीमा देखिएको प्राविधिक गडबडीका कारण हाल प्रयोगकर्ताहरूले आईपीटिभी सेवा सुचारु रूपमा प्रयोग गर्न नसकेको अवस्था छ । समस्या पहिचान र समाधानका लागि प्राविधिक टोली सक्रिय रूपमा काम गरिरहेको कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*