मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

८ बैशाख २०८३, मंगलवार १५:१५

काठमाडौँ । शेयर बजार आज पनि राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ं १७.९१ अकंले घटेर २८०७.३१ बिन्दुमा कायम भएको हो ।

कारोबार रकम समेत खुम्चिदै गएको छ ।यसदिन ३४७ कम्पनीको १ करोड ३० लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँको कारोबार भएको हो ।

मंगलबार तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सूर्यकुण्ड हाइड्रो, पाल्पा सिमेन्ट र शिखर पावरको शेयरमा सर्किट लागेको हो ।

साथै, कर्पोरेट डेभलपमेन्ट बैंकको १४.८२ प्रतिशत र एशियन हाइड्रोपावरको १०.३८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*