गतिशील सहकारीका अध्यक्ष पक्राउ
८ बैशाख २०८३, मंगलवार १६:४३

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् ।
पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
यो सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । यो विषयमा परिसर ललितपुरले अनुसन्धान अघि बढाएको छ ।











