धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न गुणाकर भट्टको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन
८ बैशाख २०८३, मंगलवार १६:५९

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी समिति गठन गरेको सरकारका प्रवक्ता विक्रम तिमिल्सिनाले जानकारी दिए ।
गत शुक्रबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका थिए ।











