घट्यो सुनचाँदीको मूल्य, बुधबार प्रतितोला कति ?
९ बैशाख २०८३, बुधबार १०:४१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ८०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।











