सोपान फर्मास्युटिकल्सको आईपीओमा साढे २५ लाखको हात रित्तो हुने

९ बैशाख २०८३, बुधबार ११:३७

काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा साढे २५ लाखको हात रित्तो हुने भएको छ । आईपीओमा २९ लाख १४ हजार ४४३ जनाले आवेदन दिएका थिए ।

कम्पनीले सर्वसाधारणका लागि कुल ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्कासन गरेको थियो । उक्त आईपीओमा मागभन्दा उल्लेख्य बढी आवेदन परेसँगै अब धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट शेयर वितरण गरिनेछ।

कुल आवेदकमध्ये ३ लाख ४७ हजार ४९० जनाले मात्र १० कित्ताका दरले शेयर हात पार्नेछन् । बाँकी करिब २५ लाख ६६ हजार आवेदकको हात खाली हुने देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*