प्रभु इन्स्योरेन्सको ३०औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

९ बैशाख २०८३, बुधबार १३:११

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार काठमाडौंको तिनकुनेस्थित प्रभु इन्स्योरेन्स लिमिटेड प्रभु कम्प्लेक्स मा सभा सम्पन्न भएको हो ।

उक्त साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको गत आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१।०८२ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तन लगाएत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरू पारित भएको हो ।

त्यसैगरी सञ्चालक समितिबाट प्रस्ताव भए अनुसार प्रस्तावित बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ को ०.४५७९ प्रतिशतले हुन आउने रकम ७७ लाख ८८ हजार ५८८ रुपैयाँ नगद लाभांश पारित गरेको छ ।

साथसाथै, आर्थिक वर्ष २०८२।०८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारीश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट प्रस्ताव भए अनुसार आर्थिक वर्ष २०८१।०८२ सम्मको बितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ८.७० प्रतिशतले हुन आउने १४ करोड ७९ लाख ८३ हजार १६५ रुपैयाँ बराबरको बोनश शेयर र बोनश शेयर बितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव समेत पारित भएको हो ।

त्यस्तै बोनश शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने हुँदा सोको लागि कम्पनीको प्रबन्धपत्रको दफा ६ (क) तथा नियमावलीको नियम २.१ (क) संशोधन गरी सोहि हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ग) बमोजिम आव २०८१।०८२ मा कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्चको अनुमोदन गरेको छ ।

त्यसैगरी संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार संशोधन वा फेरवदल गरी कार्यान्वयन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*