बिपद व्यवस्थापन प्राधिकरणकाे बैठकबाट सिधै बालेन भेट्न पुगे गृहमन्त्री गुरूङ

९ बैशाख २०८३, बुधबार १३:५१

काठमाडौं । यतिबेला गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाहको कार्यकक्षमा छन् । बिपद व्यवस्थापन प्राधिकरणको हलमा अचानक निस्किएर उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छिरेका हुन् ।

बिपद व्यवस्थापन प्राधिकरणको हलमा आज बिहान बसेको बैठक अन्तिम चरणमा पुग्दै गर्दा गृहमन्त्री गुरुङ अचानक बाहिरिएका थिए । त्यसपछि उनी सिधै प्रधानमन्त्री बालेन शाहलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन् । एकाएक मुड बिगारेर गृहमन्त्री बाहिर निस्किएका थिए ।

यतिबेला गृहमन्त्री गुरुङको सम्भावित राजीनामाबारे पनि बजारमा चर्चा चलिरहेको छ । यद्यपि यस विषयमा कुनै आधिकारिक पुष्टि भने भइसकेको छैन ।

विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी तथा उनको नाम जोडिएको कम्पनीमा सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ चौतर्फी आलोचनाको सामना गरिरहेका छन् । सोही विषयलाई लिएर उनीमाथि राजीनामा दिन दबाब बढ्दै गएको चर्चा पनि राजनीतिक वृत्तमा छ ।

हाल प्रधानमन्त्रीसँगको छलफल जारी रहेको र त्यसबारे आधिकारिक विवरण आउन बाँकी रहेको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*