७ कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्काशनका लागि नेप्सेसँग गरे सम्झौता

काठमाडौँ । बुक बिल्डिङ विधिअनुसार प्राथमिक शेयर निष्काशन (आईपीओ) प्रक्रियाका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सम्झौता गर्ने कम्पनीहरूको संख्या सात पुगेको छ।
नेप्सेले यसअघि सार्वजनिक गरेको सूची अद्यावधिक गर्दै थप दुई कम्पनी समावेश गरेको हो। नयाँ थपिएका कम्पनीहरूमा यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेड रहेका छन्।
यसअघि नै सूचीमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युब आयल लिमिटेड रहेका थिए।
बुक बिल्डिङ विधिअन्तर्गत यी कम्पनीहरूले योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको शेयरको शिलबन्दी बोलपत्र प्रक्रिया सञ्चालन गर्न नेप्सेसँग सहकार्य गरेका हुन्।












