नेशनल हाइड्रो र रिलायन्स स्पिनिङ्ग मिल्समा ओइरिए लगानीकर्ता

९ बैशाख २०८३, बुधबार १५:०५

काठमाडौं । साता कारोबारको तेस्रो दिन बुधबार नेप्सेमा ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ। जसमध्ये सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

त्यसैगरी रिलायन्स स्पिनिङ्ग मिल्सको ३२ करोड ७८ लाख रुपैयाँ, सोलु हाइड्रोपावरको ३१ करोड ६९ लाख रुपैयाँ, होटल फरेष्ट इनको २८ करोड ५९ लाख रुपैयाँ, एसवाई प्यानलको २६ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

त्यसैगरी शिवम् सिमेन्टको २५ करोड ४५ लाख रुपैयाँ, आँखुखोला जलविद्युतको २१ करोड ६ लाख रुपैयाँ, रिडी पावरको १९ करोड ५२ लाख रुपैयाँ, ङादी ग्रुपको १९ करोड ५० लाख रुपैयाँ र हिमालयन रिको १६ करोड ३९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*