३ कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढ्यो, अन्य कुनको कति ?
९ बैशाख २०८३, बुधबार १५:१५

काठमाडौँ । शेयर बजार आज पनि झिनो अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९५ अकंले घटेर २८०४.१७ बिन्दुमा कायम भएको हो ।
कारोबार रकम भने केहि बढेको छ । ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो ।
आज तीन कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढेको छ । पाल्पा सिमेन्ट, सूर्यकुण्ड हाइड्रो र शिखर पावरको शेयरमा सर्किट लागेको हो ।
साथै, झापा इनर्जीको १४.०८ प्रतिशत र गणपति लघुवित्तको ९.१६ प्रतिशतले शेयर मूल्य बढेको छ ।












