निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे ३६ अर्ब, कुनको कति?

९ बैशाख २०८३, बुधबार १६:४५

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चैत मसान्तसम्मा ३६ अर्ब ५८ करोडको बीमा व्यवसाय भित्र्याउन सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गर्ने मासिक बीमा कम्पनीहरुको तथ्यांकले यस्तो देखाएको हो ।

यस अवधिसम्ममा शिखर इन्स्योरेन्स कम्पनीले ४ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छ ।

तेस्रोमा हिमालयन एभरेष्ट रहेको छ। कम्पनीले यस अवधिमा ३ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

प्राधिकरणको मासिक तथ्यांक अनुसार सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले ३ अर्ब १२ करोड रुपैयाँ, आइजीआई पु्रडेन्सियलले ३ अर्ब १२ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३ अर्ब १ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ७२ करोड रुपैयाँ र युनाईटेड अजोडले २ अर्ब ५६ करोड रुपैयाा कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, दि ओरियन्टल इन्स्योरेन्सले २ अर्ब ४२ करोड रुपैयाँ, सानिमा जिआईसीले २ अर्ब ८ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ३६ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ९८ करोड रुपैयाँको कारोबार गर्न सफल भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*